युभेन्टसका अर्का खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, असोज २९
इटालियन क्लब युभेन्टसका युवा खेलाडी वेस्ट म्याकेनी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिन युवा मिडफिल्डरको कोरोना जाँचको रिपोर्ट पोजेटिभ क्लबले अफिसियल प्रेस नोट जारी गरेर पुष्टि गरेको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि म्याकेनी आइसोलेसनमा बसिरहेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको क्लबले जनाएको छ । उनमा कोरोनाको संक्रमण पोजेटिभ देखिए पनि कुनै लक्षण भने नदेखिएको पनि क्लबले उल्लेख गरेको छ ।

यसअघि युभेन्टसकै फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि राष्ट्रिय टोलीमा रहँदा कोरोनाबाट संक्रमित भएका थिए । संक्रमित भएपछि रोनाल्डोले राष्ट्रिय टोलीको एक खेल छाडेका थिए । पोर्चुगिज फरवार्ड रोनाल्डो पनि अहिले इटाली पुगेर क्वारेन्टिनमा बसेका छन् ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार १५:३४
Loading...