नेसन्स लिग : फ्रान्ससँग ७–१ ले हारेको युक्रेनले स्पेनलाई हरायो !

काठमाडौं, असोज २८
गत साता अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग ७–१ को बेइज्ज्तीपूर्ण हार भोगेको युक्रेनले स्पेनलाई हराएको छ । युइफए नेसन्स लिगअन्तर्गत बुधबार बिहान भएको खेलमा युक्रेनले आफ्नो भूमिमा पाहुना टोली स्पेनलाई १–० ले स्तब्ध बनायो ।

फ्रान्ससँग फराकिलो हार भोगेको ६ दिनपछि युक्रेनले अफिसियल खेलमा बलियो टोली स्पेनलाई हराउन सफल भएको हो । युक्रेनका लागि १ मात्रै विजयी गोल भिक्टोर ट्यान्कोभले खेलको ७६औं मिनेटमा गरेका थिए । उनले गरेको सो गोल नै स्पेनविरुद्धको जितका लागि पर्याप्त बन्यो । उनले यार्मोलेन्कोको लामो पासमा पाएको बल दौडाएर बक्स नजिक पुराएर कडा सटमा हानेका थिए । उनको प्रहर स्पेनका गोलकिपरले रोक्ने मौका नै पाएनन् ।

स्पेनले घरेलु टोली युक्रेनमाथि चर्को दबाब बनाएर खेले पनि गोल निकाल्न सकेन । उसले युक्रेनविरुद्ध कूल २१ आक्रमण बुन्दा ८ पटक अन टार्गेट प्हार गरेको थियो भने ७२ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो । यता, युत्रेनले आफ्नो घरमा स्पेनविरुद्ध मात्रै दुईपटक आक्रमण बुन्दा एकपटक मात्रै अन टार्गेट होनको थियो । र, उसले त्यही एक सटमा विजय गाल निकाल्यो ।

यससँगै युक्रेनले स्पेनसँग पहिलो लेगेमा भोगेको ४–० को हारको बदला पनि लिएको छ । यसअघि स्पेनको घरमा भएको पहिलो लेगमा युक्रेन ४–० ले पराजित भएको थियो । तर, उसले रिटन लेगमा स्पेनर्ला हराएर हिसाब बराबरी गर्न सफल भयो ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ०८:१५
Loading...