ला लिगाको उपाधि होडबारे यसो भन्छन् बुस्केट्स

एजेन्सी, असोज २७
स्पेनिस फुटबल क्लब बार्सिलोनाका मिडफिल्डर तथा उपकप्तान सर्जियो बुस्केट्सले घरेलु लिग ला लिगामा यसपटक चर्को प्रतिस्पर्धा हुने धारणा राखेका छन् । युइएफए नेसन्स लिग फुटबलमा आज राति युक्रेनसँगको खेलअघि मिडियासँग कुरा गर्दै उनले गत सिजनभन्दा यसपटक ला लिगामा कडा प्रतिस्पर्धा रहने बताए ।

राष्ट्रिय टोलीको ड्युटीक्रममा रहे पनि मिडियाले उनीसँग क्लब र लिगको विषयमा पनि प्रश्न गरेका थिए । ‘म यहाँ राष्ट्रिय टोलीको ड्युटीमा छु । बार्सिलोनाको बारेमा यहाँ धेरै कुरा गर्नु आवश्यक छैन,’ बुस्केट्सले भने, ‘म तपाईं (मिडिया)हरूलाई यति भन्न चाहन्छु कि, यसपटक ला लिगामा गएको सिजनको भन्दा कडा प्रतिस्पर्धा हुनेछ । त्यहाँ यसपटक चार टिमले उपाधिमा दाबेदारी देखाउनेछन् ।’

बुस्केट्सले यसपटक ला लिगामा साबिक च्याम्यिन रियल मड्रिड मात्रै नभएर नयाँ गतिमा आएको सेभिल्ला पनि उपाधि यात्रामा रहेको बताए । ‘सेभिल्ला यसपटक नयाँ गतिमा देखिएको छ । मलाई लाग्छ, यसपटक बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिडका साथै सेभिल्ला पनि उपाधिका लागि दौडमा हुनेछ,’ बुस्केट्सले भने ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार २१:३९
Loading...