नेसन्स लिग : बेल्जियममाथि इंग्ल्यान्डको कमब्याक जित

काठमाडौं, असोज २५
युइएफए नेन्स लिग फुटबलको तेस्रो खेलमा इंग्ल्यान्डले बेल्जियमलाई हराएको छ । आइतबार राति भएको खेलमा इंग्ल्यान्डले आफ्नो घरेलु मैदानमा पाहुना टोली बेल्जियममाथि २–१ को जित निकाल्यो ।

टोटनह्यामको घरेलु रंगशालामा भएको खेलमा इंग्ल्यान्ड र बेल्जियम दुवैले सुरुआतीण् १–१ गोल पेनाल्टीमार्फत् गरेका थिए । खेलको १६औं मिनेटमा बेल्जियमले पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । सो खेल गोल रामेलु लुकाकुले गरेका थिए ।

त्यसपछि खेलको ३९औं मिनेटमा घरेलु टोली इंग्ल्यान्डले पनि पेनाल्टी पायो, जसमा मार्कुस रासफोर्डले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ बनाए । तर, दोस्रो हाफमा घरेलु टोलीले खेलमा नतिजा निकाल्यो । ६४औं मिनेटमा युवा स्टार मासोन मोउन्टले ट्रिपिएरको पासमा गोल गरेपछि घरेलु टोली २–१ को स्थितिमा पुग्यो ।

त्यसपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन । र, खेल इंग्ल्यान्डले जित्यो । अब यो जितसँगै इंग्ल्यान्डले ३ खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा चढेको छ । पराजित बेल्जियम ६ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार २३:४३
Loading...