प्रतिबन्धपछि मैदान फर्किएको खेलमा नेइमार घाइते

एजेन्सी, असोज १३
फ्रेन्च क्लब पिएसजीका ब्राजिलियन स्टार नेइमार घाइते भएका छन् । लिग वानमा गत राति भएको रेइम्जविरुद्धको खेलबाट नेइमार मैदान फर्किएका उनले चोट बोकेको प्रमुख प्रशिक्षक थोमस टुचेलले बताए । अवे मैदानमा भएको सो खेल पिएसजीले ०–२ ले जितेको थियो । पिएसजीलाई जिताउन २ वटै गोल माउरो इकार्डीले गरेका थिए ।

यसअघि प्रतिबन्धका कारण नेइमारले २ खेल गुमाएका थिए । प्रतिबन्ध पूरा गरेर मैदान फर्किएकै खेलमा नेइमार घाइते भएका हुन् । खेलको दोस्रो हाफ दौरान घाइते भए पनि नेइमारले सो खेल पूरा समय खेलेका थिए । नेइमारको चोटको अवस्था र कहिलेबाट मैदान फर्किन्छन् भन्ने विषयमा पूर्ण मेडिकल जाँचपछि थाहा हुने प्रशिक्षक टुचेलले बताए ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार २१:०२
Loading...