प्रिमियर लिग : चेल्सी नमिठो हारबाट मुस्किलले बच्यो

काठमाडौं, असोज ११
फ्रान्क लाम्पार्डको नेतृत्वमा रहेको इंग्लिस क्लब चेल्सी प्रिमियर लिग फुटबलमा नमिठो हारबाट मुस्किलले बचेको छ । शनिबार राति भएको लिगको तेस्रो खेलमा चेल्सीले अवे मैदानमा वेस्ट ब्र्रुमसँग ३–३ को बराबरीका लागि ठूलै संघर्ष गर्नु परेको थियो ।

ब्रुमको घरेलु मैदानमा भएको खेलको २७औं मिनेटमा पुग्दा चेल्सी ३–० ले पछि परिसकेको थियो । तर, उसले खेलको ५४औं मिनेटपछि कमब्याक गर्न सफल भयो । उसले ५५औं मिनेटमा पहिलो गोल गर्दा ९० मिनेटपछि थपिएको समयको तेस्रो मिनेटमा तेस्रो गोल गर्दै खेल ३–३ मा टुंगायो ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार ००:२३
Loading...