लिभरपुलद्वारा थियागो अनुबन्धको घोषणा

एजेन्सी, असोज २
इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बार्यन म्युनिखबाट मिडफिल्डर थियागो अलकान्टारालाई अनुबन्ध गरेको घोषणा गरेको छ । आज शुक्रबार लिभरपुलले २९ वर्षका स्पेनिस खेलाडी अनुबन्धको औपचारिक घोषणा गर्दै घरेलु मैदानमा सार्वजनिक समेत गरेको छ ।

थियागो भित्र्याउन लिभरपुलले २० मिलियन पाउन्ड सरुवा फी तिरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । थियागोलाई भित्र्याउन लिभरपुलसँगै अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पनि दौडमा थियो । तर, लिभरपुलले बाजी मार्न सफल भयो ।

थियागोले बार्यनमा कूल ७ सिजन बिताए । उनी सिजन सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनाबाट बार्यन पुगेका थिए । ७ सिजन बार्यनमा बिताउनेक्रममा उनले २३५ खेल खेल्दै कूल ३१ गोल गरे । बार्यनको जर्सीमा उनले ७ पटक बुन्डेसलिगा र १ च्याम्पियन्स लिग गरी १६ उपाधि जिते ।

प्रकाशित मिति २ आश्विन २०७७, शुक्रबार २१:०७
Loading...