रियल मड्रिडका इस्को घाइते

एजेन्सी, भदौ २४
स्पेनिस फुटबल क्लब रियल मड्रिडका प्ले मेकर इस्को घाइते भएका छन् । चोट बोकेसँगै स्पेनिस प्ले मेकरले अब नयाँ सिजन २०२०–२१ अन्तर्गत सिजनको पहिलो लिग खेल गुमाउने पक्का भएको छ । रियलले सिजनको पहिलो खेल रियल सोसिडाडसँग खेल्दै छ ।

प्रि–सिजन प्रशिक्षणक्रममा इस्को घाइते भएको क्लब रियलले पुष्टि गरेको छ । उनलाई रिकभर हुन कम्तीमा १० दिनसमम लाग्नेछ । यसको अर्थ उनले रियलले ला लिगामा सेप्टेम्बर २० तारिखमा अवे मैदानमा खेल्ने पहिलो लिग खेल गुमाउनेछन् ।

ला लिगा सेप्टेम्बर ११ तारिखबाटै सुरु हुने भए पनि च्याम्पियन्स लिगको नकआउट चरण खेल्ने टोलीका सुरुआतका खेल भने स्थगित भएका छन् । रियलले ला लिगामा दोस्रो साताको खेलबाट लिग सुरु गर्नेछ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार २२:१७
Loading...