युभेन्टसमा अर्थुरले पाए ५ नम्बर जर्सी

एजेन्सी, भदौ १७
इटालियन क्लब युभेन्टसले आफ्ना नयाँ खेलाडी अर्थुर मेलोलाई ५ नम्बर जर्सी दिएको छ । आज क्लबले घरेलु रंगशालामा ब्राजिलियन मिडफिल्डरलाई सार्वजनिक गर्दै ५ नम्बर जर्सी दिएको हो । यसअघि अर्थुरले बार्सिलोनामा ८ नम्बर जर्सी लगाउँथे । नयाँ क्लबमा अर्थुरले गत साताबाटै प्रशिक्षण थाले पनि क्लबले उनलाई आज मात्रै सार्वजनिक गरेको हो ।

यसै समर विन्डोमा बार्सिलोनाबाट ७२ मिलियन युरोमा युभेन्टस पुगेका अर्थुरलाई युभेन्टसले आज अफिसियल रूपमा घरेलु एलिनाज रंगशालामा सार्वजनिक गरेको हो । युभेन्टसमा यसअघि ५ नम्बर जर्सी मिरेलाम पियानिचले लगाउँथे । पियानिचलाई बार्सिलोनाले भित्र्याएपछि खाली रहेको सो जर्सी नै अर्थुरले पाएका हुन् ।

प्रकाशित मिति १७ भाद्र २०७७, बुधबार २२:०२
Loading...