च्याम्पियन्स लिगमा रोनाल्डोका नाममा बन्यो नयाँ रेकर्ड

काठमाडौं, भदौ ११
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोका नाममा युरोपियन च्याम्पियन्स लिग फुटबलमा अर्को नयाँ रेकर्ड बनेको छ । ३५ वर्षका पोर्चुगिज फरवार्ड रोनाल्डो अब यस प्रतियोगिताको इतिहासमा लगातार तीन सिजन ‘गोल अफ् द सिजन’ जित्ने खेलाडी बनेका छन् ।

रोनाल्डोले सिजन २०१९–२० को अन्तिम १६ मा फ्रेन्च क्लब लियोनविरुद्ध दोस्रो लेगमा गरेको लामो दूरीको रकेट सटवाला गोललाई युइएफएले गोल अफ् द टुर्नामेन्ट घोषणा गरेको हो । उनले कूल ४ लाखभन्दा भोटसहित सो अवार्ड जिते । यस अवार्डका लागि विश्वभरबाट फ्यानहरूले भोट गर्ने गर्छन् ।

यससँगै रोनाल्डो अब लगातार तीन सिजन गोल अफ् सिजन र गोल अफ् द टुर्नामेन्ट अवार्ड जित्ने खेलाडी बनेका छन् । यसअघि रोनाल्डोले सिजन २०१७–१८ मा युभेन्टसविरुद्ध गरेको चर्चित बाइसाइकल गोल र सिजन २०१८–१९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको भली गोलका लागि गोल अफ् द सिजन अवार्ड जितेका थिए । आजसम्म लगातार तीन सिजन यस्तो अवार्ड रोनाल्डोबाहेक अन्य कुनै पनि खेलाडीले जितेका छैनन् ।

प्रकाशित मिति ११ भाद्र २०७७, बिहीबार २१:३७
Loading...