रोनाल्डोसहितका खेलाडी बिदा मनाएर युभेन्टस फर्किए

एजेन्सी, भदौ ८
इटालियन क्लब युभेन्टसका सिनियर टोलीका खेलाडी बिदा सकाएर क्लब फर्किएका छन् । आज टोलीका केहीबाहेक अधिकांश खेलाडी इटाली फर्किएका हुन् । आज टोलीमा फर्किने खेलाडीमा इटालीबाहिर रहेका क्रिस्टियानो रोनाल्डो, जुआन काउडराडो, एलेक्स सान्ड्रो, रोड्रिगो बेन्टाकुरसहितका खेलाडी छन् ।

युभेन्टसले आफ्ना खेलाडी बिदा मनाएर क्लब फर्किएको जानकारी दिँदै खेलाडीका तस्बिर सार्वजनिक गरेको छ । युभेन्टसले बिदा मनाएर अगस्ट २४ तारिखसम्म क्लब फर्किन निर्देशन गरेको थियो । खेलाडीले दुई दिनभित्रमै प्रशिक्षण थाल्नेछन् । त्यसअघि सबै खेलाडीको कोरोना भाइरसको जाँच हुनेछ ।

प्रकाशित मिति ८ भाद्र २०७७, सोमबार २२:०२
Loading...