तीन डबल तलब–सुविधा वृद्धि भए मात्र युभेन्टसमा रहने डिबालाको सर्त !

एजेन्सी, भदौ ३
इटालियन क्लब युभेन्टसका स्टार फरवार्ड पाउलो डिबालाले क्लबसँग नयाँ सम्झौता गर्न राम्रो तलब–सुविधाको माग गरेका छन् । २६ वर्षका अर्जेन्टिनी फरवार्ड उनी क्लबमा क्रिस्टियानो रोनाल्डोको तुलनामा आफ्नो तलब निकै कम रहेकाले बेखुसी रहेको बताइन्छ । नयाँ सिजनअघि क्लबले उनलाई बेच्न सक्ने चर्चाबीच नयाँ सम्झौताको तयारी भइरहेको चर्चा पनि छ ।

हाल क्लबमा डिबाला सबैभन्दा बढी तलब खानेमा पाँचौं खेलाडी मात्रै हुन् । ३५ वर्षका रोनाल्डोपछि दोस्रो स्थानमा नयाँ युवा डिफेन्डर माथिस डि लिग्ट, तेस्रो स्थानमा फरवार्ड गोन्जालो हिगुइन, चौथो स्थानमा हालै बार्सिलोना सरुवा भएका मिडफिल्डर मिरेलाम पियानिचपछि डिबाला धेरै तलब खाने खेलाडी हुन् । तर, टोलीमा भूमिका र योगदान बढेपछि डिबाला रोनाल्डोपछि दोस्रो सर्वाधिक कमाइ गर्ने खेलाडी बन्न चाहन्छन् ।

इटालियन मिडियाका अनुसार डिबालाले क्लबमै रहन र नयाँ सम्झौता गर्न आफ्नो प्रतिसिजन तलब–भत्ता १८ मिलियन पाउन्ड हुनुपर्ने माग गरेका छन् । यस साइजमा मात्रै उनले सम्झौता लम्ब्याउन तयार हुनेछन् । उनले चाहेको नयाँ तलब हाल पाइरहेको भन्दा करिब तेब्बरले बढी हो । भर्खरै सकिएको सिजन डिबालाले सबैखाले प्रतियोगिताबाट ४६ खेलबाट १७ गोल गर्दै १४ गोलमा असिट प्रदान गरेका थिए । उनी रोनाल्डोलाई पछि पार्दै सिरी ए लिगको प्लेयर अफ् द सिजनसमेत घोषित भएका थिए । हाल युभेन्टसको आक्रमण लाइनमा डिबाला एक प्रमुख खेलाडी हुन् ।

डिबाला गत समर सिजनमै इंग्लिस क्लब टोटनह्याम सरुवामा लागि निकै नजिक पुगेका थिए । तर, अन्तिम समयमा फोटो राइटको पैसमा कुरा निमिलेपछि सम्भावित सरुवा भंग भएको खबर बारिहएको थियो । उनी पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएका छन् ।

डिबालाले हालसम्म युभेन्टसका लागि कूल २२८ खेल खेल्दै ९५ गोल गरेका छन् । सोक्रममा उनले पाँचपटक सिरी ए र तीनपटक कोपा इटालियाको उपाधि जितेका छन् ।

युभेन्टसका खेलाडीको हालको तलब यसप्रकार छ :

प्रकाशित मिति ३ भाद्र २०७७, बुधबार १९:५१
Loading...