रोनाल्डोको दुर्लभ रेकर्ड तोड्नबाट लेवान्डोस्की चार कदम टाढा

काठमाडौं, भदौ ३
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की च्याम्पियन्स लिग फुटबलमा सिंगल सिजनको सर्वाधिक गोलको दुर्लभ रेकर्ड भंग गर्ने नजिक पुगेका छन् । जारी सिजन उनले हालसम कूल १४ गोल गरिसकेका छन् । यस प्रतियागिताको इतिहासमा एकै सिजनमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल संख्याको रेकर्ड १७ गोलको छ, जुन इटालियन युभेन्टस क्रिस्टियानो रोनाल्डोको नाममा छ ।

सिजन २०१३–१४ मा पोर्चुगिज फरवार्ड रोनाल्डोले रियल मड्रिडमा छँदा एकै सिजनमा १७ गोल गरेका थिए, जुन रेकर्ड आजसम्म पनि उनैका नाममा छ । उनको रेकर्ड यस सिजन पोलिस फरवार्ड लेवानडोस्कीले तोड्ने सम्भावना प्रबल छ । हालसम्म १४ गोल गरेका लेवान्डोस्कीको टिम फाइनलसम्म पुगे रोनाल्डोको रेकर्ड बराबरी गर्न उनलाई बाँकी २ खेलबाट ३ गोल चाहिन्छ भने रेकर्ड भंग गर्न ४ गोल आवश्यक पर्छ ।

त्यसबेला रोनाल्डोले रियल मड्रिडलाई च्याम्पियन बनाउनेक्रममा ११ खेल खेल्दै १७ गोल गरेका थिए । यता, बार्यनका लेवान्डोस्कीले हालसम्म ८ खेलबाट १४ गोल गरेका छन् । उनी अब ७ वर्षपछि रोनाल्डोको रेकर्ड तोड्नबाट निकै नजिक पुगेका छन् । यदि रेकर्ड तोड्न नसके पनि उनले बराबरी गर्ने सम्भावना भने प्रबल रहेको छ ।

प्रकाशित मिति ३ भाद्र २०७७, बुधबार १७:१३
Loading...