च्याम्पियन्स लिगको रौनक चलिरहँदा रोनाल्डो छुट्टीमा मस्ती गर्दै : हेरौं तस्बिरहरू

एजेन्सी, साउन ३०
फुटबलको सिजन सकिएपछि इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो अहिले बिदामा छन् । उनी आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग बिदामा मस्ती गरिरहेका छन् । युभेन्टस च्याम्पियन्स लिगको अन्तिम १६ बाट आउट भएपछि रोनाल्डो बिदा मनाउन निस्किएका हुन् ।

यसपटक रोनाल्डोको टोलीलाई अन्तिम १६ मा फ्रेन्च क्लब लियोनले हराउँदै उपाधि होडबाट निकालेको थियो । रोनाल्डो अहिले आफ्नी प्रेमिकासँग फ्रान्समै बिदा मनाइरहेका छन् । रोनाल्डो आफैंले पनि विभिन्न सामाजिक सन्जालहरूमार्फत् बिदामा मस्ती गरिरहेका फोटोहरू सार्वजनिक गरिरहेका छन् ।

३५ वर्षका रोनाल्डो र २६ वर्षीय प्रेमिका रोड्रिग्वेजले पछिल्लोपटक फ्रान्सको सेन्ट–ट्रोपेज सहरमा पानीजहाजमा मस्ती गरिरहेको तस्बिर इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । त्यसअघि रोनाल्डोले पनि ट्वीटर र इन्स्टाबाट तस्बिर सार्वजनिक गरेका थिए ।

युरोपियन च्याम्पियन्स लिग फुटबलको रौनक र चमक चलिरहेका बेला रोनाल्डो भने यतिबेला फुटबलको दुनियाँबाट विल्कुलै टाढा पुगेर फ्रेस भइरहेका छन् । यसअघि सिजन पूरा भएपछि एक पत्र लेख्दै उनले नयाँ सिजनमा थप मजबुत बनेर आउने बताएका थिए ।

सिजन २०१९–२० सकिँदा रोनाल्डोले क्लबका लागि कूल ३७ गोल गरे । उनले सिजनभरमा देश र क्लबका लागि गरी कूल ४८ गोल गरेका थिए । उनले यस सिजन युभेन्टसबाट सिरी ए लिग मात्रै जित्न सफल भए । रोनाल्डो र उनकी प्रेमिकाको समाजिक सन्जालबाट लिइएका केही तस्बिरहरू हेरौं :

 

 

 

 

 

 

प्रकाशित मिति ३० श्रावण २०७७, शुक्रबार २०:४९
Loading...