‘कमन गोल’ मा सहभागी हुने डिबालाको घोषणा

एजेन्सी, साउन १७
इटालियन क्लब युभेन्टस तथा अर्जेन्टिनाका युवा स्टार पाउलो डिबालाले ‘कमन गोल’मा सहभागी हुने घोषणा गरेका छन् । कमन गोल एक सामाजिक र सहयोगी अभियान हो, जसले अभियानमा सहभागी व्यक्तिको १ प्रतिशत रकम च्यारिटीमा जम्मा गरेर समाजसेवामा खर्चने गर्छ ।

सो अभियानमा डिबाला पनि सहभागी हुने भएका हुन् । उनले सामाजिक सन्जालमार्फत् घोषणा गर्दै कमन गोल अभियानमा सरिक हुने बताएका छन् । यो अभियान स्पेनिस फुटबलर जुआन माटाले सुरु गरेका हुन् । अब डिबाला यस अभियानमा सरिक हुने १५९औं व्यक्ति हुन् । यस अभियानमा फुटबल मात्रै नभएर विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुन पाउँछन् ।

अब डिबालले आफ्ना वार्षिक कमाइको १ प्रतिशत करम सो च्यारिटीमा सहयोग गर्नेछन् । सो अभियानले कोष खडा गरी विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्ने गर्छ । डिबालाले च्यारिटीमा सहभागी हुन पाउँदा खुसी व्यक्त पनि गरेका छन् ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार २१:५१
Loading...