यस्तो हुनेछ आज साम्पडोरियाविरुद्ध उत्रिने युभेन्टसको प्लेइङ–११

काठमाडौं, साउन ११
इटालियन सिरी ए लिग फुटबलमा आज लिग लिडर युभेन्टस लिगको ३६औं खेल खेल्दै छ । उसले सो खेलका लागि १४औं स्थानको साम्पडोरियालाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । खेल नेपाली समयअनुसार राति ठीक १ः३० बजेबाट सुरु हुनेछ ।

युभेन्टस आज घरेलु एलिनाज रंगशालामा हुने सो खेल जितेर उपाधि च्याम्पियन बन्ने दाउमा छ । यदि उसले साम्पडोरियालाई स्पष्ट अन्तरमा हराउन सके आजै नवौंपटक लिग उपाधि जित्नेछ । युभेन्टसलाई हालको अवस्थामा उपाधि जित्न मात्रै ३ अंक आवश्यक छ ।

आज घरेलु मैदानमा हुने सो खेलका लागि प्रशिक्षक माउरिसियो सार्रीले पहिलो रोजाइका खेलाडी उतार्नेछन् । पछिल्ला खेलमा लगातार प्रत्यासित नतिजा भोग्दै आएको युभेन्टसले पछिल्ला ५ खेलमा मात्रै एक खेल जितेको छ । यसअघि उसले अवे मैदानमा उडिनेससँग २–१ ले हारेको थियो ।

आज घरेलु मैदानमा उत्रिँदा युभेन्टसको टोलीमा फरवार्ड लाइनमा क्रिस्टियानो रोनाल्डो, पाउलो डिबालासहितका खेलाडी हुनेछन् । यसअघि प्रतिबन्धमा परेका कप्तान बोनुची आज टोलीमा फर्किनेछन् । यस्तो हुनेछ आजको खेलमा उत्रिन सक्ने युभेन्टसको सम्भावित सुरुआती ११ :

प्रकाशित मिति ११ श्रावण २०७७, आईतवार १६:११
Loading...