यस्तो छ वर्ष २०२० मा रोनाल्डोको प्रदर्शन र तथ्यांक

काठमाडौं, असार १६
इटालियन क्लब युभेन्टसका प्रमुख फरवार्ड क्रिस्टियानो रोनाल्डो जारी सिजन राम्रो लयमा छन् । युभेन्टसले यसै सिजन दुई घरेलु प्रतियोगिताको फाइनल हारे पनि रोनाल्डोको व्यक्तिगत तथ्यांक भने निकै राम्रो छ । इटालीमा दोस्रो सिजन बिताइरहेका उनी गत सिजनभन्दा यसपटक राम्रो गरिरहेका छन् ।

घरेलु लिगको मात्रै कुरा गर्दै ३५ वर्षका रोनाल्डो अझै पनि सर्वाधिक गोलकर्ताको दौडमा छन् । लिगका अन्तिम १० खेल बाँकी छँदा रोनाल्डोले सबै खेले भने र लगातार गोल गर्न सके उनी युरोपियन गोल्डेन बुटको दौडमा उत्रिने सम्भावना अझै छ । लिगमा हाल लाजियोका फरवार्ड सिरो इम्मोबाइल शीर्ष स्थानमा छ । रिसोले २८ गोल गरेका छन् भने रोनाल्डोका नाममा २३ गोल छ ।

यता, वर्ष २०२० को मात्रै कुरा गर्दा रोनाल्डो निकै राम्रो अवस्थामा छन् । उनले २०२० सुरु भइकन सबैखाले प्रतियोगिताबाट कूल १५ खेल खेल्दै १५ गोल गरेका छन्, जुन युरोपका टप–५ लिगमा अन्य कुनै पनि खेलाडीले गरेको भन्दा बढी हो । सोक्रममा उनले कूल ६ गोलमा असिस्ट पनि गरेका छन् ।

जारी सिजन समग्रमा कुरा गर्दा रोनाल्डोले कूल ३८ गोल गर्दै ९ गोलमा असिस्ट गरेका छन् । सो दौरान उनले ४२ खेल खेलेका छन् । उनी ४२ खेलबाट सोझै ४७ गोलमा सहभागी छन् ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ११:४१
Loading...