रोनाल्डोबारे बार्साका पूर्वखेलाडी ड्यानी आल्भेसको शानदार टिप्पणी

एजेन्सी, असार १५
ब्राजिलियन डिफेन्डर ड्यानी आल्भेसले आफ्ना लागि सबैभन्दा कठिन प्रतिस्पर्धी पोर्चुगल तथा हाल इटालियन क्लब युभेन्टसमा रहेका क्रिस्टियानो रोनाल्डो रहेको बताएका छन् । विगतमा सन् २००८ देखि २०१६ सम्म स्पेनिस बार्सिलोनामा रहेर प्रमुख खेलाडीका रूपमा खेलेका आल्भेसले स्पेनमा छँदा बार्सिलोना र रियल मड्रिडको भिडन्त हुँदा पटक–पटक रोनाल्डोको सामना गरेका थिए ।

सन् २००९ देखि २०१८ सम्म रोनाल्डो रियलमा रहँदा आल्भेस र रोनाल्डो ७ वर्ष प्रतिस्पर्धी बनेर खेलेका थिए । त्यसअघि आल्भेसले ला लिगाकै सेभिल्ला, बार्सिलोनापछि इटालियन युभेन्टस र फ्रेन्च क्लब पिएसजीबाट खेल्दा पनि पटक–पटक रोनाल्डोको सामना गरे ।

हाल ब्राजिलियन क्लबबाट खेलिरहेका ३७ वर्षीय आल्भेसले रोनाल्डोलाई मैदानमा आफ्ना लागि सबैभन्दा कठिन प्रतिस्पर्धीका रूपमा आफूले लिने बताए । हालै एक अन्तर्वार्तामा कुरा गर्दै आल्भेसले यस्तो भनाइ रोखका हुन् । उनले भनेका छन्–

‘क्रिस्टियानो रोनाल्डोले मलाई कहिल्यै पनि खास पीडित बनाएनन् । किनभने, म उनलाई ध्यान दिन्थें । तर, मैले मेरो करिअरमा सामना गरेका मध्ये रोनाल्डो सबैभन्दा कठिन प्रतिस्पर्धी हुन् । यसमा कुनै शंका नै छैन ।’

आल्भेसले अघि थपे, ‘उनी एक पूर्ण फरवार्ड हुन् । उनीबाट जो कोही डिफेन्डर र गोलरक्षक पीडित बन्छन् । किनभने, उनी हरेक तवरले गोल गर्न सक्ने खेलाडी हुन् । उनीजस्ता अरू कोही पनि छैनन् ।’

प्रकाशित मिति १५ असार २०७७, सोमबार १८:५९
Loading...