रियल सोसिडाडविरुद्ध रियल मड्रिडको प्लेइङ–११

एजेन्सी, असार ७
स्पेनिस ला लिगा फुटबलमा आज राति दोस्रो स्थानको रियल मड्रिड र छैटौं स्थानको रियल सोसिडाड खेल्दैछन् । खेल सोसिडाडको घरमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । आज अवे मैदानमा उत्रिँदा रियल स्पष्ट जित निकालेर लिग लिडर बन्ने दाउमा छ ।

अघिल्लो दिन बार्सिलोना सेभिल्लासँग बराबरीमा रोकिँदा रियललाई लिग लिडर बन्ने बाटो खुलेको छ । आजको खेलमा रियल ३ अंकका लागि जस्तोसुकै संघर्ष गर्ने तयारीमा छ । किनभने, उसलाई उपाधि होडमा लिड लिन यो ज्यादै महत्त्वपूर्ण खेल हो ।

पछिल्ला समय उत्कृष्ट लयमा खेलिरहेको रियल आज आफ्ना पहिलो रोजाइका सबै प्रमुख खेलाडी लिएर मैदान उत्रिनेछ । आज पनि इडेन हाजार्ड, करिम बेन्जेमा, सर्जियो रामोससहितका प्रमुख खेलाडी टोलीमा उपलब्ध हुनेछन् । आज रातिको खेलका लागि रियलको सम्भावित प्लेइङ–११ यस्तो हुनेछ–

 

प्रकाशित मिति ७ असार २०७७, आईतवार २१:०६
Loading...