एथ्लेटिको मड्रिडका साउलले भने– ‘तीन दिनमा नयाँ क्लब घोषणा गर्नेछु’

एजेन्सी, जेठ २०
स्पेनिस फुटबल क्लब एथ्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुएजले क्लब छाड्ने भएका छन् । उनले ३ दिनभित्र आफूले नयाँ क्लब घोषणा गर्ने सामाजिक सन्जालमार्फत् घोषणा गरेका छन् । उनी इंग्लिस क्लबसँग जोडिएर चर्चामा छन् ।

सामाजिक सन्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै उनले आफूले ३ दिनमा जान चाहेको नयाँ क्लबबारे आफूले निर्णय लिने बताएका हुन् । उनले लेखेका छन्– ‘आगामी ३ दिनमा म नयाँ क्लबको घोषणा गर्नेछु ।’

२५ वर्षका साउल म्यानचेस्टर युनाइटेड सर्ने चर्चा छ । यस सिजन उनले क्लबका लागि कूल ३७ खेल खेल्दै ४ गोल गरेका छन् । एथ्लेटिकोको टोलीमा एक प्रमुख मिडफिल्डर हुन् ।

प्रकाशित मिति २० जेष्ठ २०७७, मंगलवार २२:४२
Loading...