लिग सुचारु हुँदा रियल मड्रिडको पहिलो खेल एइबारसँग हुने

काठमाडौं, जेठ १९
कोरोना भाइरस छिचोल्दै स्पेनिस ला लिगा फुटबल सुचारु हुँदा रियल मड्रिडले पहिलो खेल एइबारसँग खेल्ने भएको छ । ला लिगाले २८औं साताका लागि खेल तालिका सार्वजनिक गरेको छ । लिग जुन १२ बाट सुचारु हुनेछ ।

ला लिगाले सुरुआतमा एक साता (२८औं चरण) का लागि मात्रै खेल तालिका तय गरेको हो । लिगले यी खेल हुने समय पनि तय गर्न बाँकी छ । केही दिनमा खेल समय टुंगो लाग्नेछ ।

जसमा रियलले अबको पहिलो खेल आफ्नो घरेलु मैदानमा एइबारसँग लिग सुचारु भएको तेस्रो दिन जुन १४ मा खेल्नेछ । उसका लागि यो लिगको २८औं खेल हुनेछ ।

यो सिजन उपाधि होडमा रहेको रियल हाल २७ खेलपछि लिग लिडर बार्सिलोनाभन्दा २ अंकले पछि परेर दोस्रो स्थानमा छ । बार्सिलोनाको खातामा ५८ अंक छ भने रियलको खातामा ५६ अंक छ ।

प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १६:४३
Loading...