एफए कप फुटलबको खेल तालिका घोषणा : फाइनल खेल अगस्ट १ मा

एजेन्सी जेठ १६
इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एफए कपको खेल तालिका सार्वजनिक भएको छ । इंग्लिस फुटबल संघले कोरोना भाइरसका कारण स्थगित प्रतियोगिता सुचारु गराउने समय तोकेको हो । प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेल बाँकी छन् । संघले इंग्ल्यान्डमा यस सिजन अन्तिम प्रतियोगिताका रूपमा एफए कपको फाइनल खेलाउने गरी मिति घोषणा गरेको छ ।

जसअनुसार प्रतियोगिताको फाइनल आगामी अगस्ट १ तारिखमा हुनेछ । बिहीबार मात्रै प्रिमिर लिगको स्थगित सिजन जुन १७ तारिखबाट सुचारु गर्ने घोषणा भएको थियो । त्यसपछि कप फुटबल पनि पूरा गर्ने योजनाअनुसार मिति तय भएको हो ।

सार्वनिक खेल तालिकाअनुसार अन्तिम आठका खेल जुन २७ र २८ तारिखमा खेलाइनेछ । त्यसपछि सेमिफाइनलका खेल जुलाई ११ र १२ तारिखमा खेलाइनेछ । त्यसपछिको फाइनल खेल अगस्ट १ मा हुनेछ । यसअघिको खेल तालिकाअनुसार मार्च ९ देखि अन्तिम आठका खेल खेलाउने तालिका तय थियो ।

यस्तो छ अन्तिम आठको ड्र :

म्यानचेस्टर सिटी भर्सेस न्युक्यासल

लेस्टर सिटी भर्सेस चेल्सी

सेफिल्ड यनाइटेड भर्सेस आर्सनल

म्यानचेस्टर युनाइटेड भर्सेस नर्विच सिटी

प्रकाशित मिति १६ जेष्ठ २०७७, शुक्रबार ०९:२७
Loading...