जुन १७ देखि फर्किंदै प्रिमियर लिग फुटबल

एजेन्सी, जेठ १५
कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल सुचारु हुने मिति तय भएको छ । प्रिमियर लिगका सेयर होल्डरहरूको साझा बैठकले आज बैठकबाट स्थगित सिजन जुन १७ बाट सुचारु गर्र्ने निर्णय गरेको छ । ‘टेलिग्राफ’का अनुसार प्रिमियर लिगले ४८ घन्टाभित्र लिगका बाँकी खेलको खेल तालिका औपचारिक रूपमा घोषणा गर्नेछ ।

स्थगित सिजन सुचारु हुँदा पहिलो दिन दुई खेल हुनेछन् । जसमा म्यानचेस्टर सिटी र आर्सनलको खेल पहिलो खेलका रूपमा हुनेछ । त्यसपछि अर्को खेलमा एस्टोन भिल्ला र सेफिल्ड युनाइटेडको भिडन्त हुनेछ । बाँकी खेल अर्को दिन हुनेछन् । प्रिमियर लिग गत मार्चमा स्थगित भएर अब सुचारु हुन लागेको हो ।

प्रकाशित मिति १५ जेष्ठ २०७७, बिहीबार २१:४२
Loading...