च्याम्पियन्स लिगमा अन्तिम आठदेखि एक खेल मात्रै

एजेन्सी, जेठ ८
युइएफएले च्याम्पियन्स लिगमा स्थगित सिजन पूरा गर्नका लागि अन्तिम आठ देखि सिंगल लेगका आधारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको छ । कोरोनाका कारण समय घर्किंदै गएकाले सिजन पूरा गर्नका लागि उसले खेल संख्या कटौती गर्न चाहेको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उपलब्ध कम समयमा सिजन पूरा गर्ने योजनाअनुसार युइएफएले बाध्यात्मक अवस्थाका रूपमा ‘होम एन्ड अवे’ अवधारणा अन्त्य गरेर एक मात्रै खेल खेलाउने भएको हो ।

युइएफएले अन्तिम १६ का बाँकी ४ खेलसहित अन्तिम आठका सबै खेल अब उपयुक्त स्थान पहिचान गरेर ‘न्युट्रल भेन्यु’ मा खेलाउने विषयमा पनि छलफल गरेको छ । यसबारे सबै निर्णय गर्न युइएफएले जुन १७ तारिखमा बैठक डाकेको छ ।

त्यसैगरी, युइएफएले सेमिफाइनल र फाइनल खेलका लागि पनि ‘फाइनल फोर’ अवधारणमा खेलाउने सम्भावना छ । अन्तिम आठका खेलपछि अन्तिम दुई चरण (सेमिफाइनल + फाइनल) खेल भने युइएफएले यसपटक टर्कीको इस्तानबुलमा खेलाउनेछ ।

प्रकाशित मिति ८ जेष्ठ २०७७, बिहीबार १६:५७
Loading...