प्रिमियर लिगका क्लबले प्रशिक्षण थाल्दै

एजेन्सी, जेठ ६
कोरोना भाइरस महामारीका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबल क्लब आजदेखि प्रशिक्षणमा फर्किंदैछन् । दुई महिनाभन्दा लामो समयदेखि फुटबल ठप्प रहेको इंग्ल्यान्डमा आज मंगलबारदेखि क्लबहरूलाई सानो समूहमा प्रशिक्षण थाल्न अनुमति दिइएको हो ।

सोमबार लिग क्लबहरूको साझा बैठकले फुटबल फर्काउने तयारीअनुसार क्लबहरूलाई मंगलबारदेखि सानो टिममा प्रशिक्षण गर्न खुला गरेका हुन् । तर, सबै क्लब र खेलाडीले प्रशिक्षणक्रममा सामाजिक दूरी पालना गर्नुपर्नेछ ।

प्रिमियर लिग गत मार्चबाट स्थगित भएको थियो । स्थगित सिजन जुन तेस्रो साताबाट सुचारु हुने सम्भावना छ । प्रिमियर लिगमा लिभरपुल ३० वर्षपछि उपाधि नजिक छ । उसले अब मात्रै २ खेल जिते यो सिजनको उपाधि पोल्टामा पार्नेछ । हालको अवस्थामा लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा छ भने म्यानचेस्टर सिटी ५७ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति ६ जेष्ठ २०७७, मंगलवार १०:११
Loading...