बेल भित्र्याउन प्रिमियर लिग क्लबको ‘बम्पर अफर’

एजेन्सी, जेठ १
इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासलले स्पेनिस क्लब रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेल अनुबन्ध गर्न आकर्षक अफर गर्ने तयारी गरेको छ । वेल्सका फरवार्ड बेल पछिल्ला सिजन रियलमा पहिलो रोजाइमा छैनन् । र, उनले जिनेदिन जिदानको कमान्डमा निकै कम मात्रै खेल्न पाएका छन् ।

उमेरले ३० नाघेका बेललाई रियलले आगामी समरमा बेच्ने तयारी गरेको चर्चा चलिरहँदा न्युक्यासलले उनका लागि चासो बढाएको हो । न्युक्यासल हालै साउदी अरेबियाको राजपरिवारले महँगो बजेट खन्याएर खरिद गरेको छ । क्लबको खरिद प्रक्रिय अन्तिम चरणमा छ । सो क्लबले समरमा टिममा स्टार र ठूला नामका खलाडी भित्र्याउन मोटो बजेट खर्चने तयारी गरको छ ।

न्युक्यासलले बढ्दो उमेरका बेलका लागि ७० मिलियन युरोसम्म खर्च गर्न तयार रहेको खबर इंग्लिस मिडियाले छापेका छन् । बेल सन् २०१३ मा प्रिमियर लिगकै क्लब टोटनह्यामबाट कीर्तिमानी ८५ मिलियन पाउन्डमा रियल पुगेका थिए ।

तर, प्रशिक्षकको प्रमुख योजनामा पर्न नसक्दा बेल निकै निराश छन् । सरुवा बजारमा बेल चिनियाँ वा अमेरिकन क्लब जान सक्ने चर्चा रहे पनि युरोपियन टप–५ लिगकै क्लबमा उनका लागि अझै पनि ढोका खुला छ ।

जारी सिजन कम खेलमा मात्रै सुरुआती टोलीमा परेका बेलले कूल १८ खेल खेल्दै ३ गोल मात्रै गरेका छन् । रियलका लागि उनले हालसम्म २४९ खेलबाट १०५ गोल गरेका छन् ।

प्रकाशित मिति १ जेष्ठ २०७७, बिहीबार १९:२६
Loading...