बुन्डेसलिगा फर्किंदा पहिलो खेलमा डर्टमुन्ड र शाल्केको भिडन्त

एजेन्सी, वैशाख २६
कोरोना भाइरसको महामारीबीच युरोपियन लिग फुटबल फर्किंदा जर्मन लिग बुन्डेसलिगा सबैभन्दा पहिला सुरु हुने भएको छ । जर्मन सरकारले मे १५ तारिखबाट स्थगित सिजन बन्द रंगशालामा खेलाउन अनुमति प्रदान गरेपछि लिगले मे १६ तारिखबाट प्रतियोगिता सुचारु गर्ने औपचारिक निर्णय गरिसकेको छ ।

करिब दुई महिनापछि घरेलु लिग पुनः चालू हुँदा पहिलो खेल बोरुसिया डर्टमुन्ड र शाल्केबीचको खेल हुनेछ । बुन्डेसलिगाले जारी गरेको २६औं साताका खेलअन्तर्गत सबै खेलको तालिका तय गरेको छ । २६औं साताका खेल मे १६, १७ र १८ तारिखमा पूरा हुनेछन् ।

२६औं साताको खेलमा लिग लिडर बार्यन म्युनिखले एफसी युनियन बर्लिनसँग मे १८ तारिखमा खेल्नेछ । बुन्डेसलिगाले जुन २७ समम्मा बाँकी खेल खेलाइसक्ने गरी तालिका तय गरेको छ । शनिबार एकैदिन ६ खेल चल्नेछन् ।

बुन्डेसलिगाका सबै खेल लकडाउनका नियम पालना गर्दै दर्शकबिना बन्द रंगशालामा खेलाइनेछ । हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्यनको खातामा २५ खेलपछि ५५ अंक छ । दोस्रो स्थानको डर्टमुन्डको खातामा ५१ अंक छ ।

यस्तो छ २६औं साताको खेल तालिका :

प्रकाशित मिति २६ बैशाख २०७७, शुक्रबार ०७:५६
Loading...