आठ दिन पछिबाट बुन्डेसलिगा फुटबल सुचारु हुँदै

एजेन्सी, वैशाख २५
कोरोना भाइरस महामारीका कारण स्थगित जर्मनीको शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगा कोरोनाको त्रास छिचोल्दै सुचारु हुने भएको छ । जर्मन सरकारले लिग मे १५ तारिखबाट सुचारु गर्न औपचारिक रूपमै अनुमति दिएको हो ।

शनिबार जर्मन चान्सलर एन्लेजा मार्केलले बुन्डेसलिगा र दोस्रो डिभिजनको लिग मे १५ बाट बन्द रंगशालामा खेलाउन अनुमति प्रदान गरेकी हुन् । कोरोनाको सम्भावित संक्रमणलाई ध्यानमा राखेर यो सिजनका बाँकी सबै खेलहरू बन्द रंगशालामा खेलाउन प्रशासनले आदेश जारी गरेको छ ।

यससँगै युरोपियन टप–५ लिगमा दुई महिनापछि फुटबलको रौनक फर्किने भएको छ । पाँच लिगमध्ये सबैभन्दा चाँडो बुन्डेसलिगा सुचारु हुने पक्का भएको छ । आजको मितिले ८ दिनपछि फुटबल फ्यानले टिभीमै भए पनि फुटबलको मज्जा लिन पाउने भएका छन् ।

प्रकाशित मिति २५ बैशाख २०७७, बिहीबार ०९:२५
Loading...