स्पेनबाट उड्न रोनाल्डोको निजी विमानले अनुमति नपाएपछि ……

एजेन्सी, वैशाख २२
आफ्नो देश पोर्चुगलबाट क्लब युभेन्टस पुग्न इटालीका लागि उडेका फुटबलर क्रिस्टियानो रोनाल्डो स्पेनको मड्रिडमा रोकिएका छन् । आफ्नो निजी विमानबाट इटाली उडेका उनको विमानले स्पेनबाट इटाली जान उडान अनुमति नपाएछि उनी मड्रिडमै रोकिएका हुन् ।

रोनाल्डो पोर्चुगलबाट क्लब युभेन्टसको प्रशिक्षणमा भाग लिन इटाली उडेका थिए । तर, उनी बीच बाटोमै अडिएका हुन् । उनको विमान पोर्चुगलबाट इटाली जानेक्रममा स्पेनमै रोकिएको हो । रोनाल्डोको १८ जना क्षमताको निजी जेट विमान अब केही दिन मड्रिड सहरमै रोकिनेछ ।

स्पेनमा कोरोना भाइरसका कारण उडानमा रोक लगाएकाले रोनाल्डोले इटाली पुग्न नपाएका हुन् । स्पेनिस मिडियाअनुसार रोनाल्डोले स्पेनबाट इटालीका लागि उड्न तीनपटक प्रयास गरे पनि त्यहाँको सरकारी निकायले उनलाई उडान अनुमति दिएनन् । रोनाल्डोले इटाली जान अझै केही दिन पर्खिनुपर्नेछ ।

रोनाल्डोले अर्को साता मात्रै उडान अनुमति पाउने बताइएको छ । यससँगै रोनाल्डा आगामी सोमबार मात्रै इटाली पुग्ने पाउनेछन् । यसअघि रोनाल्डो लकडाउनभरी पोर्चुगलको मेडेरियामा रहेको आफ्नो घरमा परिवारसँगै रहँदै आएका थिए । त्यसक्रममा उनले परिवारसँगै समय बिताए भने घुमघाम पनि गरे ।

प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार १८:२७
Loading...