एफए कप फाइनल खेलको मिति तय

एजेन्सी, वैशाख २२
इंग्लिस नकआउट क्लब फुटबल प्रतियोगिता एmए कप फुटबलको फाइनल खेलको मिति तय भएको छ । कोरोना भाइरसका कारण अनिश्चित बनेको सो प्रतियोगिताको फाइनल खेल अगस्ट पहिलो साता खेलाउने तयारी इंग्लिस फुटबल संघले गरेको छ । प्रतियोगितामा अझै अन्तिम आठदेखिकै खेल बाँकी छन् ।

इंग्लिस संघले औपचारिक रूपमा फाइनल खेलको मिति नतोके पनि आन्तरिक रूपमा अगस्ट ५ वा ८ तारिखमध्ये कुनै एक दिनमा फाइनल खेलाउन सकिने जनाएको छ । अवस्थाअनुसार कुनै एक दिनमा खेल खेलाउने निर्णय संघले गर्नेछ । इंग्ल्यान्डमा यो सिजनको अन्तिम खेलका रूपमा एफए कपको फाइनल खेल हुनेछ ।

एफए कपमा अन्तिम आठमा ४, सेमिफाइनलका २ र फाइनल गरी अझै जम्मा ७ खेल बाँकी नै छन् । अहिले अन्तिम आठका बाँकी सबै खेल टोटनह्याम क्लबको रंगशालामा खेलाउने तयारी छ । यस्तो छ अन्तिम आठको ड्र :

लेस्टर सिटी भर्सेस चेल्सी

न्युक्यास्ल भर्सेस म्यानचेस्टर सिटी

सेफिल्ड युनाइटेड भर्सेस आर्सनल

नर्विच सिटी भर्सेस म्यानचेस्टर युनाइटेड

प्रकाशित मिति २२ बैशाख २०७७, सोमबार १०:०५
Loading...