प्रिमियर लिगको निर्णय– सिजन पूरा गरेरै छाड्ने

एजेन्सी, वैशाख १९
कोरोना भाइरसका कारण स्थगित इंग्लिस प्रिमियर लिग फुटबलको बाँकी सिजन ठीकठाक पूरा गर्ने निर्णय लिगले गरेको छ । इंग्लिस मिडियाका अनुसार आज शुक्रार प्रिमियर लिगले बैठक गरेर सिजन अवधि लम्ब्याएर भए पनि सिजनका बाँकी सबै खेल पूरा गर्ने निर्णय गरेको हो ।

इंग्ल्यान्डमा त्यहाँको सरकारले हाल लकडाउन जारी राखेको छ । तर, त्यहाँको फुटबल संघले जुन ८ तारिखबाट स्थगित सिजन सुचारु गर्ने निर्णय गरेको छ । र, लिगले मे १८ तारिखबाट खेलाडीलाई सामूहिक प्रशिक्षणमा फर्किन अनुमति प्रदान गरेको छ ।

तर, त्यहाँको सरकारले फुटबल गतिविधि सुचारु गर्न यकिन मिति भने तोकिसकेको छैन । देशमा कोरोनाको असर घट्दै जाने अपेक्षा राखे संघले सभावित मिति तोकेको छ । र, सरकारले त्यस मितिमा खेल सञ्चालन गर्न अनुमति दिने सम्भावना छ । जारी सिजन लिभरपुल उपाधिनजिक छ । ऊ ३० वर्षपछि घरेलु उपाधि उचाल्ने मुखमा पुगेको छ । हाल अंक तालिकामा लिभरपुल ८२ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५७ अंक छ ।

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार २१:१९
Loading...