यी हुन् च्याम्पियन्स लिगका ‘सर्वाधिक असिस्टकर्ता’ ६ खेलाडी

काठमाडौं, वैशाख १९
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक गोलको रेकर्ड हाल इटालियन क्लब युभेन्टसबाट खेलिरहेका क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले यस प्रतियोगितामा विभिन्न क्लबबाट कूल १२८ गोल गर्दा दोस्रो स्थानमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीले ११४ गोल गरेका छन्

सर्वाधिक गोलमा प्रतिस्पर्धा रहेजस्तै रोनाल्डो र मेस्सीमा सर्वाधिक असिस्ट संख्यामा पनि यी दुई खेलाडीबीच प्रतिस्पर्धा छ । अक्सर ‘पेनाल्टीमा भर पर्ने’ खेलाडी भनेर रोनाल्डोको आलोचना हुने गरे पनि उनको असिस्ट संख्या निकै शानदार छ । ‘असिस्टका राजा’ भनेर चिनिने मेस्सी च्याम्पियन्स लिगमा भने असिस्ट संख्यामा रोनाल्डोभन्दा पछि नै छन् । यहाँ च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक असिस्ट गर्ने खेलाडीको रेकर्ड प्रस्तुत गरिएको छ :

  1. क्रिस्टियानो रोनाल्डो (युभेन्टस) – ४३ असिस्ट
  2. लिओनल मेस्सी (बार्सिलोना) – ३५ असिस्ट
  3. रायन गिग्स (म्यानचेस्टर युनाइटेड) – ३० असिस्ट
  4. करिम बेन्जेमा (रियल मड्रिड) – २६ असिस्ट
  5. मेसुट ओजिल (आर्सनल) – २२ असिस्ट
  6. नेइमार (पिएसजी) – २२ असिस्ट

प्रकाशित मिति १९ बैशाख २०७७, शुक्रबार ११:४६
Loading...