रोनाल्डोलाई दुई साता आइसोलेसनमा राखिने

एजेन्सी, वैशाख १८
इटालियन क्लब युभेन्टसका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई दुई सातासम्म आइसोलेसनमा राखिने भएको छ । इटालीमा कोरोना भाइरस महामारी नफैलिई आफ्नो देश पोर्चुगल गएका उनी क्लब फर्किएपछि उनलाई आइसोलेसनमा राखिने भएको हो । कोरोनाको महामारीबीच रोनाल्डो एक देशबाट अर्को देशमा प्रवेश गरेकाले उनलाई आइसोलेसनमा राखिनेछ ।

रोनाल्डो फिट अवस्थामा पोर्चुगलमा आफ्नो घरपरिवारसँगै बसेका थिए । इटालीबाट सुरुमा पोर्चुगल गएपछि पनि उनलाई आइसोलेसनमा राखेर कोरोना जाँच गरिएको थियो । तर, उनमा मोरोना संक्रमण देखिएको थिएन ।

यता, इटालीबाहिर रहेका युभेन्टसका अन्य खेलाडी डग्लस कोस्टा, एलेक्स सान्ड्रो तथा मिरेलाम पियानिचलाई पनि आइसोलेसनमा राखिनेछ । यी सबै खेलाडी अघिल्लो दिन मात्रै आफ्नो देशबाट इटाली फर्किएका छन् । अर्का फरवार्ड गोन्जालो हिगुइन भने तत्कालै इटाली फर्किने निश्चित छैन ।

क्लबले देशबाहिर रहेका आफ्ना खेलाडीलाई क्लब फर्किन निर्देशन दिएपछि बाहिर रहेका सबै खेलाडी क्लब फर्किरहेका छन् । इटालीको सरकारले सिरी ए लिग क्लबलाई प्रशिक्षण थाल्न अनुमति दिएपछि खेलाडी प्रशिक्षणमा सहभागी हुन क्लब फर्किरहेका छन् । जसमा इटालीभन्दा बाहिरबाट आउने सबै खेलाडीलाई आइसोलेसनमा राखेर कोरोना संक्रमण नभएको पुष्टि भएपछि मात्रै प्रशिक्षणमा सामेल गराइनेछ ।

युभेन्टसका अर्का प्रमुख खेलाडी पाउलो डिबाला भने हाल कोरोनासँग लडिरहेका छन् । कोरोना संक्रमण भएको ६ साता भइसक्दा पनि उनी निको भइसकेको छैनन् । ६ साताको बीचमा उनको जाँच रिपोर्ट लगातार चौथोपटक पनि पोजेटिभ आएको छ ।

इटालीको सरकारले मे ४ तारिखबाट प्रशिक्षण थाल्न अनुमति दिएको छ । सिरी ए लिग अर्को महिनाको अन्त्यबाट सुरु हुने अपेक्षा गएिको छ । लिगमा हाल युभेन्टस लाजियोलाई १ अंकले पछि पारेर शीर्ष स्थानमा छ ।

प्रकाशित मिति १८ बैशाख २०७७, बिहीबार ०९:३१
Loading...