पिएसजीले च्याम्पियन्स लिगमा अबका खेल ‘न्युट्रल भेन्यु’मा खेल्नुपर्ने

काठमाडौं, वैशाख १७
फ्रेन्च क्लब पिएसजीले युरोपियन च्याम्पियन्स लिगमा अब खेल्ने सबै खेल आफ्नो देशभन्दा बाहिर खेल्नुपर्ने भएको छ । फ्रेन्च सरकारले कोरोना भाइरसका कारण आफ्नो देशमा आगामी अगस्ट महिनासम्म कुनै पनि खेलकुद गतिविधि गर्न नपाउने गरी रोक लगाएपछि यस्तो अवस्था आएको हो ।

अघिल्लो दिन मात्रै सरकारको यस्तो घोषणासँगै फ्रान्सको शीर्ष घरेलु लिग लिग वान स्वतः रद्द भइसकेको छ । सो घोषणापछि पिएसजी घरेलु लिगको च्याम्पियन बन्नबाट पनि वञ्चित भएको छ । त्यहाँ शीर्ष र दोस्रो डिभिजनका सबैखाले फुटबल बन्द हुनेछन् ।

यो घोषणाको असर पिएसजीले च्याम्पियन्स लिगमा खेल्ने खेलमा पनि पर्नेछ । पिएसजी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरिसकेको छ । उसले अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई हराएर क्वार्टरफाइनल प्रवेश गरेको हो ।

आफ्नो देशमा फुटबल नहुने भएपछि यस प्रतियोगिताको होम एन्ड अवे गरी हुने दुवै लेगका खेल पिएसजीले देशबारिहका मैदान (न्युट्रल भेन्यु) मा खेल्नुपर्नेछ । अन्तिम १६ का खेल बाँकी नै रहेकाले पिएसजीले अन्तिम आठमा पाउने प्रतिस्पर्धी टिमको टुंगो लाग्न बाँकी नै छ ।

प्रकाशित मिति १७ बैशाख २०७७, बुधबार २२:०३
Loading...