कोरोनाका कारण महिला युरो कप एक वर्षपछि सर्‍यो

एजेन्सी, वैशाख ११
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण महिला युरो कप फुटबल पनि सरेको छ । सन् २०२१ मा इंग्ल्यान्डमा आयोजना हुने गरी तय भएको युइएफए महिला युरो कप फुटबल एक वर्ष पछि सरेको हो । अब महिला युरो कप २०२२ मा इंग्ल्यान्डमै हुनेछ ।

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफएले बिहीबार आधिकारिक रूपमा निर्णय गर्दै महिला युरो एक वर्षपछि सरेको घोषणा गरेको हो । युइएफको एक्जुकेटिभ कमिटीले अब उक्त प्रतियोगिता २०२२ जुलाई ६ देखि ३१ सम्म गर्ने निर्णय गरेको हो । तर, प्रतियोगिता एक वर्ष सरे पनि खेल खेलाइने सहर र रंगशाला भने यसअघि तय भएअनुसारै हुनेछन् ।

कोरोनाकै कारण यसअघि युइएफएले यस वर्ष हुने पुरुष युरो कप फुटबल पनि अर्को वर्ष २०२१ का लागि सारिसकेको छ । अहिले विश्वभर सबैखाले खेलकुद गतिविधि ठप्प छ ।

प्रकाशित मिति ११ बैशाख २०७७, बिहीबार २०:४७
Loading...