फ्रेन्च लिग वान सुचारु गर्ने मिति तय

एजेन्सी, वैशाख ९
कोरोना भाइरसका कारण स्थगित भएको फ्रान्सबो शीर्ष फुटबल लिग लिग वान सुचारु गर्ने मिति तय भएको छ । फ्रेन्च फुटबल संघले औपचारिक रूपका यसको निर्णष् नगरे पनि आगामी जुन १७ तारिखबाट स्थगित लिग सुचारु गर्ने तयारी संघले गरेको फ्रेन्च मिडियाले जनाएका छन् ।

युरोपियन टप–५ लिग विगत डेढ महिनादेखि स्थगित भएका छन् । कोरोनाको असर र क्रास जारी रहँदा फुटबल सुचारु गर्ने निश्चित हुन नसक्दा आयोजकले फुटबलमा फर्किन मिति तोक्न सकेका छैनन् । तर, अवस्थाअनुसार चाँडोभन्दा चाँडो फुटबल फर्काउन उनीहरू आतुर छन् ।

लिग वान गत मार्च १३ तारिखबाट स्थगित भएको छ । युरोपियन देशमा सबैभन्दा बढी ज्यान गुमाउने तेस्रो देश फ्रान्समा २० हजारभन्दा बढीको ज्यान गइसकेको छ । फ्रान्समा आगामी मे ११ तारिखसम्मका लागि लकडाउन घोषणा गरेको छ ।

फुटबल संघले लिगलाई जुन १७ बाट सुचारु गरेर जुलाई २५ भित्रमा पूरा गर्ने गरी तालिका सार्वजनिक गर्ने तयारी गरेको छ । तर, अबका बाँकी सबै खेल भने दर्शकबिना बन्द रंगशालामा खेलाइनेछ । हाल लिगमा साबिक विजेता पिएसजी १२ अंकको स्पष्ट अग्रता बनाएर शीर्ष स्थानमा छ । लिगमा २७ खेल पूरा भइसकेका छन् ।

प्रकाशित मिति ९ बैशाख २०७७, मंगलवार १८:५५
Loading...