बार्यनसँग थोमस मुलरले लम्ब्याए सम्झौता

एजेन्सी, चैत २५
जर्मन क्लब बार्यन म्युनिखका स्टार खेलाडी थोमस मुलरले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । मुलरले बार्यनसँग थप दुई सिजनका लागि सम्झौता नवीकरण गरेका हुन् । मंगलबार मुलरले क्लबका अधिकारीसँग औपचारिक रूपमा समझौतापत्ररमा हस्ताक्षर गरे ।

हाल ३० वर्ष पुगका मुलर अब सन् २०२३ सम्म बार्यनमै रहने पक्का भएको छ । बार्यनसँग उनको समझौता सकिन एक वर्ष बाँकी छँदै क्लबले उनीसँग सम्झौता नवीकरण गरेको हो । यसअघिका प्रशिक्षक निको कोभाकको पालामा मुलरसँग सम्झौता हुनेमा आशंका रहेका बेला हान्सी फिल्कको नेतृत्वमा क्लब र उनीबीच सम्झौता लम्ब्याउन सहमति बनेको हो ।

मुलर सन् २००० देखि लगातार बार्यनबाट खेलिरहेका छन् । उनले बार्यनको सिनियर टोलीमा सन् २००८ मा डेब्यु गरेका थिए । जारी सिजन मुलरले बार्यनका लागि ३६ खेलबाट १० गोल गरेका छन् ।

प्रकाशित मिति २५ चैत्र २०७६, मंगलवार २२:११
Loading...