कोरोना भाइरसका कारण ग्वार्डिओलाीकी आमाको मृत्यु

एजेन्सी, चैत २४
इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका स्पेनिस म्यानेजर पेप ग्वार्डिओलाकी आमाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । सोमबार सिटीले प्रेस नोट जारी गर्दै ग्वार्डिओलीका आमा डोलोर्स साला कोर्रियोको ८२ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।

क्लबले ग्वार्डिओलाकी आमाको कोरोना भाइरसका कारण मृत्यु भएको बताएको छ । सिटीले प्रेस नोटमार्फत् ग्वार्डिओलीको आमाको मृत आत्माको कामना गर्दै परिवारजनप्रति संवेदना प्रकट गरेको छ ।

स्पेन अहिले कोरोनाबाट युरोपमा सबैभन्दा बढी थलिएको दोस्रो देश हो । त्यहाँ हालसम्म १३ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने १ लाख २९ हजार संक्रमित भएका छन् ।

प्रकाशित मिति २४ चैत्र २०७६, सोमबार २०:४४
Loading...