‘मेस्सीले विश्वकप नजिते ठूलो अन्याय हुनेछ’

एजेन्सी, चैत १९
अर्जेन्टिनाका गोलकिपर ओस्कार उस्तारीले यस्तो बताएका छन् कि, यदि आफ्नो देशका कप्तान लिओनल मेस्सीले विश्वकप जित्न नसके त्यो अन्ययपूर्ण हुनेछ । ‘रेडियो मिट्रे’सँग कुरा गर्दै उनले मेस्सीले फिफा विश्वकपको उपाधि जित्नु अतिआवश्यक रहेको बताएका हुन् ।

उस्तारीका अनुसार मेस्सी विश्वकपको उपाधिविहीन बने त्यो उनको करिअरमा ठूलो रिक्तता हुनेछ । मेस्सी विश्वविजेता खेलाडी नबने फुटबल नै अन्यायपूर्ण हुने उनी बताउँछन् । ‘मलाई कुनै द्विविधा छैन । यदि मेस्सी विश्व च्याम्पियन बन्न सकेनन् भने फुटबल नै अन्यायपूर्ण हुनेछ,’ उनले भने ।

उस्तारीले ६ पटकका बालोन डिओर विजेता खेलाडीमाथि शंका गर्नु ठूलो मूर्खता हुने बताए । ‘मेस्सीलाई शंका गर्नु मूर्खता हो । परिस्थिति कस्तो हुन्छ, थाहा छैन,’ उस्तारीले थपे, ‘तर, म यति भन्न सक्छु कि, मैले उसलाई बच्चाजस्तै रोइरहेको देखेको छु । किनभने, उनी देशका लागि उपाधि जित्न नसक्दा चरम निराशामा छन् ।’

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार २०:२८
Loading...