म्यानचेस्टर सिटीको रंगशाला कोरोना भाइरसविरुद्ध लड्न प्रयोग हुने

एजेन्सी, चैत १९
इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीले आफ्नो घरेलु रंगशालालाई कोेरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग गर्न दिने भएको छ । क्लबले इतिहाद रंगशाला कोरोनाविरुद्ध लडिहेको संस्था नेसनल हेल्थ सर्भिसलाई प्रयोग गर्ने दिने घोषणा गरेको हो ।

अब हेल्थ सर्भिसले सो रंगशालालाई औषधि भण्डारण, डाक्टर तथा नर्सहरूलाई राख्न, प्रशिक्षण दिन र सामान आपूर्ति गर्नका लागि प्रयोग गर्ने सक्नेछ । यो निर्णयले कोरोनाविरुद्ध लड्न सानो–ठूलो सहयोग पुग्ने सिटीले अपेक्षा लिएको छ ।

प्रिमियर लिग अहिले अप्रिल ३० तारिखसम्मा लागि स्थगित भएको छ । बाँकी सिजन यथाअवस्थामै सकाउने, बढाउने वा रद्द गर्ने भन्ने विषयमा निर्णय लिन अप्रिल ३ तारिखमा बैठक डाकिएको छ ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ११:४०
Loading...