कोरोनाविरुद्ध लड्न पिएसजीद्वारा एक मिलियन सहयोग

एजेन्सी, चैत १९
फ्रेन्च क्लब पिएसजीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न आर्थिक सहयोग गरेको छ । क्लबले अफिसियल रूपमा घोषणा गर्दै महामारीविरुद्धको लडाइँमा सघाउन भन्दै १ मिलियन युरो रकम सहयोग गर्ने घोषणा गरेको हो ।

क्ललबे आफूलेसंस्था सेर्कुस पपुलर च्यारिटी नामक संस्थाबाट सो रकम सहयोग गरेको छ । सो रकम कोरोनाबाट प्रभावित घरबारविहीन परिवारका बालबच्चाहरूका लागि खर्च गरिने पनि बताएको छ ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०८:४२
Loading...