कोरोनाविरुद्ध रोनाल्डोको साथ : फेरि थपे सहयोग

एजेन्सी, चैत १९
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस महामारीविरुद्ध लड्न थप सहयोग गरेका छन् । उनले पोर्चुगलस्थित दुई अस्पताललाई ५–५ गरी १० भेन्टिलेटर मेसिन र आर्थिक रकम सहयोग गरेका हुन् ।

केही समयअघि रोनाल्डोले आफ्ना एजेन्ट जोर्गे मेन्डेजसँग मिलेर एक मिलियन युरो रकम सहयोग गरेका थिए । यसपटक उनले आफ्नो देशको गृह नगर मदिराका दुई अस्पताललाई सहयोग गरेका हुन् । ती अस्पतालले सामाजिक सन्जालबाट रोनाल्डोले आफूहरूलाई उपकरणसहित आर्थिक सहयोग गरेको पुष्टि गरेका छन् । तर, रकम कति हो भन्ने खुलाइएको छैन ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०८:०८
Loading...