‘कोरोनाको कहर’बीच डर्टमुन्डले प्रशिक्षण थाल्यो

एजेन्सी, चैत १९
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो त्रासबीच जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रशिक्षण थालेको छ । क्लबले सोमबारदेखि खेलाडीलाई सहभागी गराएर प्रशिक्षण थालेको हो । क्लबले अफिसियल सामाजिक सन्जालबाट खेलाडीले प्रशिक्षण गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।

कोरोनाका कारण विश्वभर खेलकुद गतिविधि ठप्प भएका बेला जर्मनीमा अप्रिल ३० समलाई खेल ठप्प छन् । तर, डर्टमुन्डले भने खेलाडीको फिटनेसलाई ध्यान दिँदै प्रशिक्षण थालेको जनाएको छ । यद्यपि, जर्मनीमा कहिलेबाट खेलकुद सुरु हुन्छ भन्ने यकिन छैन ।

क्लबले आफ्ना खेलाडीको शारीरिक अवस्था र फिटनेसलाई ध्यान दिँदै आंशिक्षक प्रशिक्षण सुरु गरेको जनाएको छ । पहिलो दिनको प्रशिक्षणमा टोलीका खेलाडीहरू अर्लिङ अल्यान्ड, थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायत खेलाडी प्रशिक्षणमा सहभागी थिए ।

प्रशिक्षणक्रममा खेलाडीलाई निश्चित दूरीमा राखेर प्रशिक्षण गराइएको थियो । आंशिक प्रशिक्षणले खेलाडीमा निराशा हट्ने र सक्रिय रहने आशा क्लबले लिएको छ ।

प्रकाशित मिति १९ चैत्र २०७६, बुधबार ०७:४५
Loading...