मेस्सीसहित बार्सिलोनाका खेलाडीद्वारा ७० प्रतिशत तलब नलिने घोषणा

एजेन्सी, चैत १७
स्पेनिस फुटबल क्लब बार्सिलोनाको सिनियर टोलीका खेलाडीले ७० प्रतिशत तलब कटौती गर्ने घोषणा गरेका छन् । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण क्लब र अन्य कर्मचारीलाई आर्थिक संकटमा पर्न नदिन कप्तान लिओनल मेस्सीसहितका सबै खेलाडीले आफूहरूले पाउने वार्षिक तलबको ७० प्रतिशत रकम नलिने निर्णय गरेका हुन् ।

आज कप्तान लिओनल मेस्सीले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् लामो सन्देश लेख्दै यसको पुष्टि गरेका छन् । सन्देशमा उनले महामारीका कारण क्लबलाई आर्थिक संकटमा पर्न नदिन तलब कटौती गर्न सहमत भएको बताएका छन् । साथै, मेस्सीले क्लबका अन्य कर्मचारीले शतप्रतिशत तलब पाउन् भनेर पनि आफूहरूले ठूलो रकम छाड्न तयार रहेको बताएका छन् ।

अहिले स्पेनसहित विशवभरि फुटबल गतिविधि ठप्प छन् । स्पेन कोरोनाबाट धेरै प्रभावित हुने तेस्रो देश हो । चीनपछि इटाली हुँदै स्पेनमा कोरोना फैलिएको थियो ।

प्रकाशित मिति १७ चैत्र २०७६, सोमबार १९:४०
Loading...