कोरोनाविरुद्ध लड्न ग्वार्डिओलाद्वारा १ मिलियन सहयोग प्रदान

एजेन्सी, चैत १२
महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न हाल इंग्लिस क्लब म्यानचेस्टर सिटीको प्रमुख प्रशिक्षक रहेका तथा स्पेनिस बार्सिलोनाका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले आर्थिक सहयोग गरेका छन् । स्पेनिस म्यानेजर उनले स्पेनमा रहेको एक मेडिकल कलेजलाई १ मिलियन युरो रकम प्रदान गरेका हुन् ।

ग्वार्डिओलाले कोरोनाविरुद्ध लड्न आवश्यक सामग्री खरिद तथा वितरणका लागि सहयोग गरेका हुन् । उनले आफ्नो परिवारका तर्फबाट कोरोनाविरुद्ध लड्न आर्थिक सहयोग ग्रदान गरेको बताएका छन् । ग्वाडिओलाले अनुदान प्रदान गरेको मेडिकल कलेजले अर्को संस्था एन्जल सोलेर ड्यानिएल फाउन्डेसनसँग मिलेर सो रकम खर्च गर्नेछ ।

प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०९:५५
Loading...