कोरोनाविरुद्ध लड्न मेस्सीद्वारा १ मिलियन युरो सहयोग

एजेन्सी, चैत १२
महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका फुटबलर लिओनल मेस्सीले आर्थिक सहयोग प्रदान गरेका छन् । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान मेस्सीले बार्सिलोनास्थित सहर र आफ्नो देश अर्जेन्टिनास्थित रोजारियो सहरका लागि बाँडेर खर्च गर्ने गरी १ मिलियन युरो सहयोग गरेका हुन् ।

जसमा मेस्सीले प्रदान गरको सहयोग रकम बार्सिलोनामा रहेको ‘हस्पिटल क्लिनिक’ र अर्जेन्टिनास्थित उनको गृह नगर रोजारियोमा रहेको हस्पिटलले आधा–आधा रकम खर्च गर्नेछन् ।

बार्सिलोनास्थित हस्पिटलले आफ्नो सामाजिक सन्जालमार्फत् मेस्सीले सहयोग गरेको पुष्टि गरेको छ । उसले लेखेको छ– ‘लियो मेस्सीले कोरोना भाइरसविरुद्ध लड्न अनुदान गरेका छन् । तपाईंको प्रतिबद्धता र सहयोगप्रति धेरै–धेरै धन्यवाद, लियो ।’

प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०९:०३
Loading...