उरुग्वेद्वारा आफ्ना सबै खेल स्थगित गर्ने निर्णय

एजेन्सी, चैत १
विश्वव्यापी रूपमा बढ्दो कोरोना भाइरसको बढ्दो संक्रमणका कारण उरुग्वेले आफ्ना सबै खेल तालिका स्थगित गरेको छ । उरुग्वेको फुटबल संघले अफिसियल रूपमा प्रेस नोट जारी गर्दै कोरोना भाइरसका कारण मानवीय स्वास्थ्यलाई ध्यान दिँदै अर्को निर्णय नहुँदासम्म आफ्ना सबै खेल तालिका र गतिविधि तत्कालका लागि स्थगित गरेको घोषणा गरेको हो ।

यससँगै उरुग्वेले सन् २०२२ मा हुने कतार विश्वकपका लागि खेल्ने पहिलो चरणका दुई खेल पनि नहुने भएका छन् । उसले यसै महिना चिली र इक्वेडरसँग गरी दुई विश्वकप छनौट खेल्ने तालिका थियो । तर, उरुग्वेको फुटबल संघले ती खेलका साथै प्रशिक्षणसहितका अनय सबै गतिविधि नहुने पुष्टि गरको छ ।

प्रकाशित मिति १ चैत्र २०७६, शनिबार २१:३०
Loading...