च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेपछि नेइमारको घरमा पिएसजीका खेलाडीको पार्टी !

एजेन्सी, चैत ३०
युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा पुगेपछि फ्रेन्च क्लब पिएसजीका खेलाडीले खुसीयाली पार्टी मनाएका छन् । पिएसजीले गत बुधबार अन्तिम १६ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई समग्रमा ३–२ ले हराएर अन्तिम आठमा पुगेको थियो ।

पिएसजी सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको अवसरमा खेलाडीले खुसीयाली पार्टी मनाएका हुन् । ब्राजिलियन स्टार नेइमारको घरमा सबै खेलाडी जम्मा भएर पार्टी मनाएका थिए ।

पिएसजीका खेलाडी पार्टीमा सहभागी हुँदै गरेका तस्बिर र भिडियो फुटेज फ्रेन्च मिडियाले सार्वजनिक गरेका छन् । पिएसजीले घरमा डर्टमुन्डलाई २–० ले हराएको थियो । त्यसअघि पहिलो लेगमा भने पिएसजी डर्टमुन्डको घरमा २–१ ले हारेको थियो ।

नेइमारले आफ्नो घरमा सबै खेलाडीलाई खुसीयाली पार्टी मनाउन निम्ता गरेका थिए । पिएसजी पछिल्ला ५ वर्षयता च्याम्पियन्स लिगको अन्तिम १६ भन्दा अघि बढ्न सकेको थिएन । ऊ यसपटक संघर्षपूर्ण अवस्थाबाट अन्तिम आठमा प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति १ चैत्र २०७६, शनिबार १८:१०
Loading...