कोपा अमेरिका फुटबल अर्को वर्षलाई सार्न फिफालाई पत्राचार

एजेन्सी, फागुन ३०
विश्वव्यापी रूपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण झन् बढेपछि यस वर्ष हुने कोपा अमेरिका फुटबल अर्को वर्षलाई सार्न फिफालाई पत्राचार गरिएको छ । दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता ३ महिनापछिबाट हुने तालिका थियो ।

तर, कोरोनाको संक्रमणणले विश्व नै त्राही–त्राही भएपछि दक्षिण अमेरिकी फुटबल संघ (कन्मेबल) ले औपचारिक रूपमा फिफा समक्ष कोपा अमेरिका तत्काललाई स्थगित गर्न र अर्को वर्षलाई सार्ने गरी पत्राचार गरेको छ ।

कन्मेबलले फिफा समक्ष पत्राचार गर्दै फुटबलभन्दा पहिला मानिसको जीवन र स्वास्थ्य आउने भन्दै महाहारीबीच प्रतियोगिता गराउन र तयारी गर्न नसकिने उल्लेख गरेको छ ।

यता, युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले पनि यस वर्ष हुने युरो कप तथा च्याम्पियन्स लिगका बाँकी चरणका सबै खेल स्थगित गर्न बैठक डाकेको छ । युरो कप अर्को वर्ष २०२१ मा मात्रै गर्ने गरी सार्ने तयारी संस्थाले गरेको छ ।

प्रकाशित मिति ३० फाल्गुन २०७६, शुक्रबार ०८:३९
Loading...