कतार विश्वकप छनौट खेल्ने अर्जेन्टिनाको टोली घोषणा : को–को परे ?

काठमाडौं, फागुन २७
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनौट खेलअन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटका लागि अर्जेन्टिनाले आफ्नो टोली घोषणा गरेको छ । आज प्रशिक्षक लिओनल स्कालोनीले स्थायी कप्तान लिओनल मेस्सीको कप्तानीमा २३ सदस्ययी टोली घोषणा गरेका हुन् ।

सार्वजनिक टोलीमा प्रतिबन्धित मेस्सीसँगै इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरो, इटालियन क्लब इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेज, युभेन्टसका पाउलो डिबालासहितका प्रमुख खेलाडी परेका छन् । यता, फ्रेन्च क्लब पिएसजीका विंगर एन्जल डि मारिया भने यसपटक टोलीमा परेका छैनन् । टोलीमा केही नयाँ र युवा खेलाडीलाई स्थान दिइएको छ ।

अर्जेन्टिनाले छनौट खेलअन्तर्गत पहिलो चरणमा दुई खेल खेल्नेछ । जसमा पहिलो खेल आजको मितिले १७ दिनपछि मार्च २७ तारिखमा इक्वेडरसँग आफ्नो घरमा खेल्नेछ । त्यसपछि अप्रिल १ तारिखमा बोलिभियासँग अवे मैदानमा खल्नेछ । कप्तान मेस्सी टोलीमा परे पनि उनी हाल एक खेलको प्रतिबन्धमा छन् । र, उनले इक्वेडरसँगको पहिलो खेल भने गुमाउनेछन् । त्यसपछि हुने बोलिभियासँको खेलमा हुने उपलब्ध हुनेछन् ।

हाल लोनमा फ्रेन्च क्लब पिएसजीबाट खेलिरहेका स्टार फरवार्ड माउरो इकार्डी भने टोलीमै परेका छैनन् । जारी सिजन पिएसजीमा शानार लयमा खेलिरहेका उनलाई प्रशिक्षक स्कालोनीले टोलीमै राखेका छैनन् । यसपटक मात्रै हैन, इकार्डी अफिसियल र ठूला प्रतियोगितामा अक्सर टोलीमा अट्न गरेका छैनन् । यो बताइन्छ कि, कप्तान मेस्सीसँग व्यक्तिगत सम्बन्धमा वेमेल भएका कारण मेस्सी सम्मिलित टोलीमा प्रायः इकार्डी पर्न कठिन हुन्छ । वा, विगत वर्षका टोली घोषणाबाट पनि यो थाहा हुन्छ । मेस्सी टोलीमा नहुँदाका मैत्रीपूर्ण खेलमा भने इकार्डी सधैं टोलीमा हुने गरेका छन् ।

त्यसो त अर्जेन्टिनी टोलीमा स्टार फरवार्डहरूको भीड रहेकाले पनि इकार्डीलाई प्रशिक्षकले छुटाएका हुन सक्छन् वा आवश्यक नठानेका हुन सक्छन् । तर, यो पक्षभन्दा बढी उनको राष्ट्रिय टिमको असभागिता र ‘बायस’लाई मेस्सीको चाहना वा स्वार्थसँग जोडेर हेर्ने गरिएको छ ।

यस्तो छ अर्जेन्टिनाका पूरा टोली :

प्रकाशित मिति २७ फाल्गुन २०७६, मंगलवार २१:३१
Loading...